Tuesday, July 6, 2010

रसुवामा घर बगायो

शिवप्रसाद लामिछाने÷रसुवा रसुवा जिल्लाको धैबुङ्ग ७ मा हिजो राति भएको अबिरल बर्षातका कारण एउटा घरमा क्षति पुर् याएको छ । कालिकास्थानको घुम्ति बजारमा नालि र सडकको भल गोपाल तमाङ्गको घरमा परेपछि घर क्षतिग्रस्त भएको हो । होटल संचालन हुँदै आएको तामाङको घरको आधा भाग भत्किएको बताइएको छ । घर भत्कदा १० लाख बराबरको आर्थीक क्षति भएपनि कुनै मानबिय क्षति भने नभएको प्रहरीले जनाएको छ ।वेत्रावति राम्चे सडक खण्ड अन्र्तगत सडक विस्तारको काम भइरहेकाले नाली अव्यवस्थित हुँदा घरमा भल पसेको स्थानीय वासिन्दाले बताएका छन् । भल नियन्त्रणका लागि पटक पटक एासियालि बिकास बैँक र सम्वन्धित ठेकेदार कम्पनीलाई सडक र नालि सुधारका लागि अनुरोध गर्दा पनि चासो नदेखाएको कारण घर भत्किएको बताइएको छ ।